प्रधानन्यायाधीशको राजीनामा माग्दै आज सर्लाहीमा बारको धर्ना

सर्लाही : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यवसायीहरूले सर्लाहीमा हातमा कालोपट्टी बाँधेर धर्ना दिएका छन् ।
जिल्ला अदालत मलंगवाको मूल गेटमा कानून व्यवसायीहरू न्यायालयमा देखिएका तमाम् विकृति र विसंगतिका संरक्षक प्रधानन्यायाधीश जबरा रहेको भन्दै बारले उनको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताएको छ ।

सर्लाही जिल्ला अदालत बार एसोसिएसन सर्लाहीको आयोजनामा अदालतको मुल गेट अगाडी बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्मको लागि धर्ना दिएका हुन् ।

सम्मानित सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबराले वर्तमान न्यायपालिका भित्रको विकृति,विसंगति,विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्न सुधारका लागि वाधक देखिएकोले उहाँको राजिनामाको माग गर्दै केन्द्रीय बार एसोसिएसनले गरेको परिपत्र अनुसार कात्तिक २८,२९ र ३० गतेसम्म बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म हातमा कालोपट्टी बाँधेर धर्नामा बसेको सर्लाही जिल्ला अदालत बार एसोसिएसन कार्यसमितिका अध्यक्ष नरेश कुमार चौधरीले बताए ।

न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध हाम्रो अभियान जारी रहने बताउँदै न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधिशले राजीनामा दिनुपर्ने आफुहरुको माग रहेको अधिवक्ता रामबदन प्रसाद साहले भने ।
भोली मंगलबार पनि जारी रहने उक्त धर्नामा ३ दर्जन भन्दाबढी कानुन व्यवसायीहरुको सहभागीता रहेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय