धानबालीको क्षेत्रफलका आधारमा २० देखि ६५ प्रतिशतसम्म राहत दिने मन्त्रिपरिषद् बैठककाे निर्णय

एसपी यादव । काठमाडौ, कात्तिक ११ गते । नेपाल सरकारले बेमौसमी वर्षाका कारण किसानले लगाएको धानबालीमा भएको क्षतिका विषयमा जग्गाको क्षेत्रफललाई आधार बनाएर राहत दिने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जानकारी गराएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई धानबालीको क्षेत्रफलका आधारमा राहत दिने र त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय समेत भएको कृषी मन्त्री यादवले बताएका छन् ।

मन्त्री यादवका अनुसार, सरकारले साना किसान बढीमा १० कठ्ठा जग्गाको धानबालीमा भएको क्षतिको उत्पादन लागतको ६५ प्रतिशत रकम जस अनुसार प्रति कठ्ठा १ हजार ९ सय २१ रुपैया र प्रति बिघा ३८ हजार ४ सय २० रुपैया, मझौला किसान ११ कठ्ठादेखि ४० कठ्ठासम्मको धानबालीमा क्षति भएकालाई उत्पादन लागतको ३० प्रतिशत रकम जस अनुसार प्रति कठ्ठा ८ सय ८७ रुपैया र प्रती बिघा १७ हजार ७ सय ४० रुपैया त्यसैगरी ठूला किसान ४१ कठ्ठा भन्दा बढी क्षेत्रफलमा क्षति भएकोलाई उत्पादन लागतको २० प्रतिशत रकम जस अनुसार प्रति कठ्ठा ५ सय ९१ रुपैया र प्रति बिघा ११ हजार ८ सय २० रुपैयासम्म राहत उपलब्ध गराउने निर्णय भएको उनले जनाएका छन् ।

त्यस्तै सरकारले आंशिक क्षति अन्तर्गत सबै वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत रकम जस अनुसार प्रति कठ्ठा ५ सय ९१ रुपैया र प्रति बिघा ११ हजार ८ सय २० रुपैयासम्म राहत उपलब्ध गराउने भएका छन् ।

राहत वितरण गर्ने कार्यविधि बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई मन्त्रिपरिषद्मा पेस गर्नेछन् ।

हालसम्मको तथ्यांक अनुसार राहत उपलब्ध हुने अनुमानित क्षेत्रफल १ लाख ११ हजार हेक्टर रहेको र सोको राहतका लागि नेपाल सरकारको खर्च हुने अनुमानित रकम ११ अर्व ८८ करोड मध्ये बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई ५ अर्व ५२ करोड रुपैयाको राहत प्याकेजको घोषणा गरेको कृषि मन्त्रालयले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय