क्षतिको तथ्यांक संकलन गर्ने जिम्मा प्रदेश सरकारलाई

एसपी यादव | सर्लाही, कार्तिक ३ गते | धानबाली भित्र्याउने बेलामा बेमौसमी भारी वर्षाका कारण खेतमा काटिएका धानबाली पानीमा भिज्नुका साथै खेतमा पानीको सतह बढेकाले धानबाली डुबानमा समेत परेपछि किसानहरुलाई ठुलो क्षति व्यहोर्नु परेको छ |

भारी वर्षाका कारण भएको धानबालीको क्षतिको तथ्यांक संकलन गर्ने जिम्मा प्रदेश सरकारलाई दिइएको संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी गराएका छन् |

प्रदेश सरकारले भएको क्षतिको तथ्यांक संकलन पश्चात् क्षतिपूर्ति उपलब्धताका लागि आवश्यक पहल थाल्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ |

भारी वर्षाका कारण किसानहरुको धानबालीमा क्षति पुगेकोले किसानहरु मर्कामा परेका छन् |

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय