विभिन्न पार्टी परित्याग गरी सयभन्दा बढी जसपामा प्रवेश

एसपी यादव | सर्लाही, असोज ३० गते | जिल्लाको चन्द्रनगर गाउँपालिका- ४, पोखरियामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ |

नेपाली काङ्ग्रेस र माओवादी (केन्द्र) का सयौं कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् |

नेपाली काङ्ग्रेस र माओवादी (केन्द्र) पार्टी परित्याग गरेर जसपामा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् |

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए | अब जसपा देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत मन्त्री यादवले दावी गरे |

मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले शुभ दिपावली एवं छठ पर्वको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता एवं उपस्थित सम्पुर्ण जनसमुदायमा सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका थिए |

मन्त्री यादव सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सदस्य हुन् |

मन्त्री यादवको प्रमुख आतिथ्यता रहेको पार्टी प्रवेश कार्यक्रमका अध्यक्ष चन्द्रनगर गाउँपालिका जसपा पार्टी अध्यक्ष अजय महतो रहेका थिए |

कार्यक्रममा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री मा. राम नरेश राय, प्रदेश सांसद संजय यादव, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, कबिलासी नपाका मेयर कौशल किशोर यादव, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय, ब्रहम्पुरी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अताउल रहमान लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो |

कार्यक्रमको उद्घोषण चन्द्रनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नन्दलाल रायले गरेका थिए |

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय