कृषि मन्त्री यादवले गरे हस्पिटलको उद्घाटन

सर्लाही | जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं. ५ स्थित रहेको हरिपुर्वा मोडेल हस्पिटलको शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ |

संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सो हस्पिटलको उद्घाटन गरेका थिए |

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले हस्पिटल संचालक समितिलाई बधाई तथा शुभकामना दिएका थिए | उनले सरल र सुलभ हिसाबले जनतालाई हस्पिटलबाट सेवा प्रवाह गर्न संचालक समितिलाई सुझाव समेत दिएका थिए |

बढ्दो बिरामीको चापलाई स्तरिय उपचार सेवाको निरन्तरता दिनु र हस्पिटल माथी बिरामीहरुको विस्वास बढाउन पनि आवश्यक रहेको मन्त्री यादवले बताएका थिए |

उद्घाटन समारोहकै अवसरमा मन्त्री यादवले हरिपुर्वा नपा- ५ का स्थानीय जनता, पार्टीका नेता तथा कार्यकर्ताहरु संग प्रत्यक्ष भेटघाट गर्नुका साथै वडा कमिटीद्वारा आयोजित विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा समेत उनि सरिक भएका थिए |

उद्घाटन समारोह कार्यक्रममा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री मा. राम नरेश राय, पार्टीका केन्द्रिय सदस्य हृदय नरायण राय, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, ब्रहम्पुरी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अताउल रहमान, हरिपुर्वा नपाका मेयर सियाराम राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो |

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर