मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत श्री रामजानकी आधारभुत विद्यालयका ५० छात्रालाई साइकल वितरण

राजिव शाह-
सर्लाही,भदौ १० गते
प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत सर्लाहीको गोडैता नगरपालिका-६ बगदहको श्री रामजानकी आधारभुत विद्यालयका ५० छात्रालाई साइकल वितरण गरिएको छ। प्रदेश नं २ सरकारले सो विद्यालयका कक्षा ८ मा अध्यायनरत ७८ छात्रालाई साइकल वितरण गरेको हो। श्री रामजानकी आधारभुत विद्यालयका प्रधानाध्यापक रमाशंकर प्रसाद कुशवाहा सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका सर्लाही क्षेत्रनं-४ (ख) प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहाले विद्यालयको कक्षा ८ मा अध्यायनरत छात्रालाई साइकल वितरण गरेका हुन।
साइकल वितरण कार्यक्रममा गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादव,उपमेयर अंजना कुशवाहा,शिक्षा इकाई प्रमुख रामाअधार सिंह कुशवाहा,नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद यादव सुनिल कुशवाहा, विभिन्न राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,शिक्षक,लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । यसै बिच गोडैता नगरपालिका-२ जयपुरमा स्थित रहेको श्री जनता आधारभुत विधालयका कक्षा    अध्यनरत २० जना छात्रालाई साइकल वितरण गरिएको छ ।                                                     

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय