सर्लाही | राष्टिय रोजगार प्रवर्दन केन्द्र मलंगवा सर्लाही तथा सेभ द चिल्डेनको संयुत साझेदारीमा गोडैता र बलरा नगरपालिकाको समन्वयमा संचालित समुन्नती कार्यक्रम अन्र्तगत रेडीयो पाठशाला कार्यक्रम खास गरी विश्वव्यापी रुपमा निशेधाज्ञाका कारण सवै क्षेत्रहरुको विधालयहरु बन्द भएकोले विधार्थीहरुको पढाई लेखाई पूर्ण रुपमा बन्द भएको हुनाले राष्टिय रोजगार प्रवर्दन केन्द्रले रेडियो मंलगवा द्धारा संचालित समुन्नती कार्यक्रमको माध्यमबाट आधारभुत शिक्षा कार्यक्रमबाट बालबालीकाको पढाईमा सहजीकरण तथा निरन्तरताको लागि रेडियो पाठशाला कार्यक्रम कक्षा ३ देखि ५ सम्मको लागि संचालन रहेको छ । जसमा गोडैता न.पा मा १२ वटा र बलरामा ६ वटा गरी जम्मा १८ वटा वाडाहरुमा संचालन रहेका छन ।प्रतेक दिन कक्षा संचालन हुन समय तालिका कक्षा ३ को ११ः३०, कक्षा ४ को १२ः१० र कक्षा ५ को १२ः४५ कक्षा संचालन हुने गर्दछन । तोकेको समयमा विधार्थीहरु मोबाईल , रेडियो आदीबाट विधार्थीहरु विषयगत किताबहरु पढदै आईरहेका छन ।
विधार्थीहरुको पढाईमा सहजिकरणको लागि विधार्थीहरुको अभिभावक, शिक्षक र सामाजिक परीचालकको ठूलो महत्व रहेको छ । पढाईको दौरानमा विषयगत समस्या आएमा विधार्थीहरु फोन गरेर शिक्षकलाई सोध्ने गर्दछ साथै राष्टिय रोजगार प्रवर्दन केन्दका समाजिक परिचालक कर्मचारीहरु पनि नजिकका वडामा अभिभावक , विधार्थीहरु संग बेला बेला पढाई को बारेमा छलफल गरी विधार्थीहरुलाई नआएका कुरालाई सहयोग गदै आईरहेका छन ।
दैनिक संचालनमा रहेका रेडियो पाठशाला कार्यक्रम अन्र्तगत रेडियो मंलगवाबाट १५ । १५ दिनमा विषयगत वस्तुहरु समेटेर हाजरी जवाफ प्रतियोगिता गराउदै आईरहेका छन साथै हाजरी जवाफ प्रतियोगिता प्रथम , दोश्रो , तेश्रो स्थान हने विधार्थीहरुलाई राष्टिय रोजगार प्रवर्दन केन्दले पुरस्कार दिदै र विधार्थीहरुको पढाई , लेखाईमा मनोवल बढाउदै आईरहेका छन । यो कार्यक्रमबाट विधार्थीहरु , अभिभावक र शिक्षक खुसी देखिन्छ । विधालय बन्द भएको बेला विधार्थीहरु प्रतेक दिन आफनो घरमा बसेर पढदै आईरहेका छन ।
- Exif_JPEG_420
- Exif_JPEG_420
- Exif_JPEG_420








