सर्लाही । सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध नेकपा एमाले निकट भ्रातृ संगठन अनेरास्ववियु जिल्ला कमिटीले प्रदर्शन गरेको छ । वर्तमान सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै भण्डाफोर सभा गरेका हुन् ।
शुक्रबार सर्लाहीको सदर मकाम मलंगवा मा आयोजना गरिएको सभामा सहभागीहरू दल विभाजन अध्यादेस फिर्ता गर, परमादेस सरकार मुर्दाबाद लगायत का नारा लगाएर विरोध प्रदर्शन गरेको हो । सरकारको सिफारिसमा गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
प्रदर्शनमा अनेरास्ववीयु सर्लाही का अध्यक्ष शमीम बाबु खान, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष जोनिस लामा र लालबंदी क्याम्पस स्ववीयु सभापति शिवहरी गौतमले सम्बोधन गरेका थिए ।



