सर्लाहीमा चारदिनदेखि बेपत्ताभएको किशोरीको खोलामा शव फेला

सर्लाहीको कालिञ्जोर खोलामा एक किशोरीको शव फेला परेको छ ।आइतबारदेखि बेपत्ता लालबन्दी नगरपालिका–१७, रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेलको शव कालिञ्जोर खोलामा फेला परेको हो ।रानीगन्ज डाँडाटोल निवासी राजन भुजेलकी छोरी प्रिंयका शव गएराति स्थानीय कालीञ्जोर खोलामा फेला परेको घरदेखि करिब ३ किलोमिटरपर टाढा लालबन्दी नगरपालिका–६ मा पर्ने कालिन्जोर खोलाको एकान्त ठाउँमा उनको शव फेला परेको प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए। अहिले सम्म मृत्युको कारण खुल्न सकेको छैन । उनको शव पोष्टमार्टमका लागि मंगलवार राति नै जिल्ला अस्पताल मलंगवा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय