सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।मृत्युभएमा नगरपालिका वडा नम्बर ३ बनरझुल्लाका २१ वर्षीय सन्तोष ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।उनी घरदेखि करिब १५० मिटर पश्चिममा रहेको पोखरीमा माछा मार्न गएका थिए। त्यसैक्रममा उनी अचानक पानीमा लडेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।स्थानीयहरूले अचेत अवस्थामा देखेपछि उपचारको लागि उनलाई युनिक अस्पताल रुपनी लगिएको थिये । त्यहाँ पुग्दा चिकित्सकले मृत घोषण गरेका छन्। पोष्टमार्टमको लागि शव गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ,प्रहरीलेजनायो ।



