नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको उपाध्यक्ष पदमा समेत पटकपटक निर्वाचित भएका वरिष्ठ पत्रकार श्रेष्ठ जनकपुरधामबाट प्रकाशित हुने जानकी साप्ताहिकका प्रकाशक तथा सम्पादक मदनलाल श्रेष्ठको निधन भएको छ ।गत मङ्सिर महिनादेखि आफ्नो छोराहरूका साथ चितवनस्थित नारायणगढमा बस्दै आएका थिए ।वरिष्ठ पत्रकार श्रेष्ठको ७३ वर्षको उमेरमा असामयिक निधन भएको उनको भाइ समेत रहेका पत्रकार शङ्कर श्रेष्ठले जानकारी दिए । राजनीतिदेखि पत्रकारितासम्मको यात्रा तय गरिसकेका उनको निधनले जनकपुरधामको पत्रकारिता क्षेत्रले कुशल अभिभावक गुमाएको वरिष्ठ पत्रकार बीएम खनालले बताए ।पत्रकारिता क्षेत्रमा ०२७ देखि सक्रिय रहेका वरिष्ठ पत्रकार श्रेष्ठ जनकपुर नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्षमा समेत पटकपटक निर्वाचित भएका थिए ।



