जनकपुरधाममा एक युवकको मृत आवस्थामा शव फेला परेको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ रामानन्द चोकस्थित सडकको छेउमा शनिबार बिहान साढे ५ बजेको समयमा २५ वर्षीय युवकको शव फेला परेको हो ।शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका बताए ।



