धनुषामा विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।चोरी भएको कम्प्युटर वडा नम्बर-४ स्थित प्रमोद महतोको घरमा बिहीबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला परेको हो । प्रहरीले महतोसहित सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका-८ निवासी रामप्रकाश महतोलाई पक्राउ गरेको छ ।‘कम्प्युटरको सीपीयू र मोनिटर पुरानो कपडामा बाँधेर महतोले घरपछाडिको गोठमा राखेका थिए फेला परेको कम्प्युटरसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



