श्रावण २९ , ज्यूँदै मान्छेलाई इटाभट्टामा जलाएर मारेको नेपाली कांग्रेसका सांसद अफताव आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने राखेको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाई तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा उक्त हत्याकाण्ड आलमको मुख्य योजनामा गरिएको भन्दै प्रहरीले उनलाई २६ असोज २०७६ मा पक्राउ गरेको थियो । जिल्ला अदालत रौतहटमा भएको थुनछेक बहस २९ कात्तिकदेखि उनी पुर्पक्षका लागि थुनामा छन् ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले मुद्दाको गहन अनुसन्धान गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले पटक पटक आदेश दिए पनि सत्ता र शक्तिको प्रभावमा आलमले अनुसन्धान अघि बढाउन दिएका थिएनन् ।



