हिन्दुसंस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी दिन नागपूजा गरी नागपञ्चमी मनाउँने गरिन्छ ।नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआरधाना गरिन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएको स्गथानहरु पोखरी, पानी भएको कुवा ईनारमा गई पूजा गर्ने चलन छ ।नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । त्यस्तै नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दु, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ ।यसले गर्दा घरमा चट्याङले नहान्ने, आगो तथा सर्पको भय नहुने हाम्रो धार्मिक आस्था तथा विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तीथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद सुरु भएको मानिन्छ । ज्योतिष शास्त्रिय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हुर्नु पर्दैन । कुनैपनि घर तथा बंगाला निर्माण गर्दा भूमीमा नाग देवाताको बास भए आजकै दिनमा बिधिवत् पूजाआज गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।यस महायाज्ञमा सिद्ध ऋषिमुनी, साधु, पण्डितहरु आमन्त्रण गरियो । उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सर्प त्यही भष्म हुन्छ । तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन् । यो देखेर सबै छक्क पर्छन् ।तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफी मागेपछि उनले यज्ञ स्थगन गर्छन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पले पूर्नजीवन पाउँछन् ।भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु जलमाथि शेष नागको शैयमा फणको छातामुनी शयन गर्ने भएकाले दुबैै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाएका भगवान गणेशको एक हातमा नाग छ । भगवान विष्णुको अवतारको रुपमा लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।



