भारतमा बितेको २४ घन्टामा ३८ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ। भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले यससँगै सक्रिय संक्रमितको संख्या ३ लाख ८६ हजार ३ सय ५१ पुगेको र यो १४० दिनमा सबैभन्दा कम भएको बताएको छ। यसका साथ निको हुनेको दर ९७ दशमलव ४५ पुगेको छ। थप ४९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ।



