राम नारायण साह
सर्लाही , साउन २६ गते ।
माइकमा करेन्ट प्रवाह हुँदा धनुषामा दुईजना किर्तनमण्डलीको मृत्यु भएको हो ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ पर्सा टोलका बुलन यादवको घरमा भइरहेको भजनकिर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादव रहेको प्रहरीले जनाएको छ ।
दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।



