मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मृत्यु

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ ।तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्लेको गएको राति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए ।बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएको राति सवा आठ बजेतिर ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको डिएसपी राजु लामाले जानकारी दिए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय