अमेरिकामा दैनिक एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टी

अमेरिकामा दैनिक नयाँ संक्रमितको संख्या एक लाख नाघ्न थालेको छ । अहिलेसम्म अमेरिकामा ७०.६ प्रतिशत वयस्क नागरिकले कोरोना खोप लगाइसकेका छन् । जसमध्ये ६०.९ प्रतिशतले खोपको पूरा डोज लिइसकेका छन् । यद्यपि अझै पनि लाखौं मानिसले कोरोना खोप लगाउन बाँकी छ । खोप अभियान सुस्त गतिमा चलेको फ्लोरिडा र टेक्सास जस्ता राज्यमा पछिल्लो समय कोरोना संक्रमण बढेको हो ।सीडीसीकी निर्देशक रेचेल वेलेन्स्कीले अहिलेको मोडलअनुसार धेरैभन्दा धेरै मानिसलाई कोरोना खोप दिन नसक्ने हो भने आगामी दिनमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन सक्ने चेतावनी दिएकी छिन् ।

अमेरिकामा गत वर्षको नोभेम्बरमा पहिलोपटक औसतमा दैनिक नयाँ संक्रमितको संख्या एक लाख नाघेको थियो । जनवरीमा दैनिक नयाँ संक्रमितको संख्या २ लाख ५० हजारसम्म पुगेको थियो । तर, त्यसपछि निरन्तर संक्रमण दरमा कमी आउँदै औसतमा कोरोना संक्रमितको संख्या जुन महिनामा ११ हजारको हाराहारीमा आइपुगेको थियो । त्यसपछि भने संक्रमण बढ्न थाल्यो र त्यसको ६ सातापछि उक्त संख्या एक लाख ७ हजारमा पुग्यो ।यस्तै अहिले अस्पतालमा भर्ना हुने र मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । यद्यपि यो संख्या खोप अभियान सञ्चालन गर्नुपूर्वको जस्तो भयावह भने छैन । विशेषज्ञहरुले खोप लगाएका र नलगाएका मानिसबीचको भिन्नता देखाएको बताएका छन् । उनीहरुका अनुसार खोप लगाएका मानिसलाई पनि कोरोना संक्रमण हुन सक्छ तर उनीहरुमा गम्भीर लक्षण देखिने सम्भावना भने कम हुन्छ ।यसअघि केही राज्यका गभर्नरहरुले खोप अभियानमा बेवास्ता गर्दै आएका थिए । तर, संक्रमण बढेसँगै उनीहरुलाई अब खोप कार्यक्रमलाई तीव्रता दिनुपर्छ भन्ने ज्ञान भएको विशेषज्ञहरुले बताएका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय