अरोज यादव | महोतरी २२,साउन | महोतरीको एकडारा गाउपालिकामा प्रदेश सरकार द्वारा साईकल वितरण गरिएका छन् | एकडाराको वडा न ३ स्थित वडा कार्यालयमा अजमरपटी र भटौलिया विधालयमा अध्यनरत क्षात्राहरुलाई एक कार्यक्रम बीच साईकिल वितरण गरिएको छ |
‘बेटी पढाउ, बेटी बेटी बचाउ, अन्तर्गत वडा अध्यक्ष रामविलास यादवले कक्षा ८ मा अध्यनरत क्षात्राहरुलाई साईकल वितरण गर्नु भएको हो |
साइकल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष यादवले गुणस्तरीय शिक्षाका साथै छोरीहरुको मनोवल बढाउन साईकिल वितरणले ठुलो सहयोग मिल्ने वताउनु भएको छ |
प्रदेश सांसद किरण यादवले शिक्षा स्वास्थ्य सहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडी बढाउन प्रदेश सरकार प्रतिवद्घ रहेको भन्दै उनले छोरीलाई शिक्षीत र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बेटी बचाउ, ल्याईएको बताईन् |
महिला सशक्त भए मात्र देशको बिकास सम्भव रहेको दोहोर्याउदै यादवले भनिन् साइकल ले महिला ससक्त नभएपनि सामाजिक रुपन्तरनका लागि सहयोग हुन्छ | त्यसैले हाम्रा समाजमा महिला लाई सम्मान गर्ने बानि बिर्सिदै गैरहेको प्राती उनले सम्मानका साथ् छोरीहरुलाई विधालय पठाउन सबै अभिभावकहरुलाई आग्रह समेत गरिन् |
साईकल वितरण कार्यक्रममा एकडारा गाउपालिका वडा न ३ का वडा अध्यक्ष रामविलास राय, प्रदेश सांसद किरण यादव लगायत अजमरपटी र भटौलिया विधालयका शिक्षकहरुको पनि सहभागिता रहेको थियो |



