जितेश यादव | साउन २०, सर्लाही | सर्लाहीको विभिन्न नाकाबाट प्रहरीको मिलोमतोमा व्यापक तस्करी फस्टाएको छ।
खास गरी सर्लाहीको मधुवनी अर्नहा , बलरा लगायतको चोर नाकाबाट प्रहरीको संलग्नतामा व्यापक तस्करी भइरहेको पाइएको हो ।
प्रहरीले तस्करलाई तस्करीका लागि समय नै बनाई दिएको रहेछ ।
बिहान ३ बजे देखि लिएर ६ बजे सम्म र बेलुका ७ बजे देखि रात भारी नै समान ओसार – पसार भइरहेको पाइएको हो ।
एक तस्करले भने , इलाका प्रहरी कार्यालय बलरा र शसस्त्र प्रहरी कार्यालय छटौनालाई तस्करीको सेटिङ मिलाउन महिनाको ६/७ हजार सम्म तिर्नुपर्छ ।
यसरी प्रहरीकै मिलोमतोमा भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरुमा चिनी, तेल, चामल, मलखाद्य, स्पेयर पार्टस्, कुखुराको चल्ला, अन्डा, कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु छन् ।
पटक पटक माथिलो निकायलाई जानकारी गराउँदा पनि तस्करी रोक्नेतर्फ भने कुनै पहल नहुँदा माथिलो निकायको पनि संलग्नता रहेको देखिन्छ ।



