सहारा डिपार्टमेन्ट स्टोर मलंगवाद्वारा ११ जना भाग्यशाली ग्राहकलाई पुरस्कार वितरण

राजिव शाह-

सर्लाही,श्रावण१६
सहारा मल्टिपर्पस को-सोसाइटी लिमिटेड द्वारा संचालित सहारा डिपार्टमेन्ट स्टोर मलंगवा सर्लाहीले भाग्यशाली ग्राहकलाई बम्पर उपहार आज (शनिबार )वितरण गरेको छ ।
सहारा डिपार्टमेन्ट स्टोरले नयाँ वर्ष तथा रामजानको अवसरमा १ हजारको समान खरिद गर्ने ग्राहकलाई १ वटा कुपन दिने व्यवस्था गरेको थियो । मलंगवामा पहिलो पटक सहारा डिपार्टमेन्ट स्टोरले ११ जना भाग्यशाली ग्राहकलाई लक्की द्रव्यवाचक मार्फत विभिन्न इलेक्ट्रोनिक समान वितरण गरेको छ । डिपार्टमेन्ट स्टोरबाट कुपन नं२३८९ ललिता कुमारी यादवलाई एलइडी टिभी,मनोज कुमार गुप्ता,नेहा साह,नुरी मिकरानीलाई इलेक्ट्रोनिक जग र प्रमोद साह,सुनित प्रसाद श्रेष्ठ,सुनिल कुमार कुसवाहा ,शिल्पा,मुस्कान पटेल,अनिल कुमार साह जोसेफ क्षेत्रीलाई आइरन पाएका छन् । संस्थाका अध्यक्ष वसी अहमद मिकरानी उपाध्यक्ष नागेन्द्र प्रसाद रौनियार,मुख्य प्रबन्धक सुनिल कुमार गुप्ता लागयतको सहभागितामा पुरस्कार वितरण गरिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय