नगर कोषका सदस्य मिश्र द्वारा रिटायर्ड कर्मचारीहरु सम्मानित

श्रावण ७, सर्लाही । नगर विकास कोषका नव नियुक्त सदस्य सन्दीप मिश्रद्वारा आयोजित नेपाल सरकारको सेवाबाट अवकाश प्राप्त तथा रिटायर कर्मचारीहरुको समान्न कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका भित्रका अवकाश प्राप्त तथा रिटायर्ड विभिन्न निकायका कर्मचारीहरुलाई समान्न गरिएको स्थानिय अरुण प्रसाद यादवले जानकारी दिए ।

कार्यक्रममा आफ्नो वक्तव्य राख्दै नगर कोषका सदस्य सन्दीप मिश्रले सरकारको सेवाबाट अवकाश प्राप्त कर्मचारी अनुभवको खानी , संघर्षको ज्यूँदो नमूना र भावी पिढीलाई सकरात्मक दिशातर्फ उत्प्रेरित गर्न महत्वपूर्ण योगदान दिनसक्ने व्यक्ति भएकाले उहाँहरुलाई समान गर्न पाउँदा निकै गौरवान्वित भएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि निजामती कर्मचारी संघको अध्यक्ष उमेश मिश्र , नेपाल रेडक्रस सोसाइटी रामनगर शाखाको अध्यक्ष राम पदार्थ राय यादव , डा. जगदेव प्रसाद यादव , एल. पी. मिश्र लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय