राजिव शाह-
सर्लाही,असार२९
मकै खेती प्रबर्द्धन गर्ने उदेश्यले सर्लाहीको हरिवन वडा नं २ जैविक विविधता कार्यक्रम अन्तर्गत कृषि समुहहरुलाई कृषि औजार सामग्री वितरण गरेको छ । हरिवन नगरपालिकाले मकै पकेट क्षेत्र घोषणा गरी व्यवसायीक खेती गर्ने कृषक समुहरुलाई सामाग्री वितरण गरिएको हो । हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईको प्रमुख आतिथ्यतामा हरिवन २ का पाँच कृषि समुहहरुलाई करिव ३० लाख बराबरको कृषि औजार सामाग्री मंगलवार एक कार्यक्रम बिच हस्तान्तरण गरिएको हरिवन नगरपालिकाले जनाएको छ । हरिवनका विभिन्न कृषि समुहहरुलाई मकै गोड्ने मेसिन, हाते ट्याक्टर, स्प्रे ट्याङ्कि, कम्बाइन मिल, पम्पुसेट लगायत कृषि कार्यका लागि आवश्यक मेसिनरि औजारहरु वितरण गरिएको नगर प्रमुखका स्वकिय सचिव युवराज आसचार्यले जानकारी दिनुभयो । जैविक विविधता कार्यक्रममा हरिवन-२ का वडा अध्यक्ष अर्जुन महतोको अध्यक्षता तथा हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख रेनुका पौडेल,हरिवन-६ का वडाअध्यक्ष प्रल्हाद बुढाथोकी, कृषि शाखा प्रमुख नबिना दाहाल, पशु शाखा प्रमुख जगरनाथ लामा, लगायत स्थानीय जनप्रतिनिधि,कृषकहरुको उपस्थिति रहेको थियो ।



