राजिव शाह
सर्लाही,असार२९
सर्लाहीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका २० जनालाई राहत सामग्री वितरण गरेको छ । निल हिरा समाज काठमाडौँको सहयोग तथा निलहिरा समाज सर्लाहीद्वारा राहत बितरण गरिएको हो । कोभिड-१९ को भिष्म परिस्थितिमा समुदायलाई खान बसन गार्हो भएको बेलामा सहयोगी हाथहरुलाई निल हिरा समाज सर्लाहीका जिल्ला परियोजना संयोजक अब्दुल सहमदले धन्यवाद व्यक्त गरे । सर्लाहीको मलंगवा ,हरिपुर्वा,चक्रघाटा ,ब्रहमपुरी गाउँपालिकामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका २० जनालाई राहत सामग्री वितरण गरिएको संयोजक अब्दुल सहमदले जानकारी दिए ।



