राजिव शाह –
सर्लाही,असार-२९
बलात्कारको प्रयास गरेको आरोपमा लालबन्दी नगरपालिका -२ का देबचन पासवानलाई इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ। जिल्लाको लालबन्दी नगरपालिका -२ मा गत बैशाख १४ गतेको राती १०:३० बजेको समयमा नाम परिबर्तन (राजकलि देवि )लाई जबर्जस्ती करनी गर्ने मनसायले घर भित्र पसि दलित महिलामाथी बलात्कारको प्रयास गरेको आरोपमा सोही गाउका देबचन पासवानलाई असार १४ गते ईलाका प्रहरी कर्यालय लालवन्दीले पक्राउ गरेका थिए। पक्राउ परेका आरोपितलाई गाउकाकेहि अपरधिकार्यलाई पक्षपोषण गर्ने मनसायले केही ब्यक्तिहरुले पीडितलाई धम्काई र आर्थिक प्रभावमा पारेर गोप्य रुपमा मिलाउन प्रयास भैरहेको दलित अधिकारकर्मीहरुले बताएका छन्। घटनाको बारेमा जानाकारी हुन साथ जिल्लाका दलित अधिकारको क्षेत्रमा कृयाशिल संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पास्वान ,महिला पुनःस्थापन केन्द्रका मनोसमाजिक परामर्शकर्ता ममता साह लगायत मानव अधिकारकर्मी र पत्रकारहरुको संयुक्त टोलिले सोमबार पीडित संग भेटि घटना को बारेमा जानकारी लिएका छन्। यस्तो जघन्य किसिमका अपराधीलाई कानुन अनुसारको हदैसम्मको कार्वाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति दिलाउन अधिकारकर्मी सम्बन्धित पक्ष संग माग गरेका छन्। बलात्कारको प्रयास गरेको आरोपमा देबचन पासवानलाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखी नियन्त्रणमा राखी थप अनुसन्धन भैरहेको छ।



