प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सर्लाहीमा प्रदर्शन

राजिव शाह-
सर्लाही,असार २८

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज (सोमवार) बिहान सर्लाहीमा प्रदर्शन गरिएको छ । नेकपा एमालेको अध्यक्ष समेत रहनुभएका ओलीको समर्थनमा उहाँ निकट पार्टीका नेता कार्यकर्ताहरुले लालबन्दी, हरिवन, बरहथवा र मलंगवामा एकसाथ रियाली निकालेर प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री ओलीको समर्थन र विपक्षी गठवन्धनले चालेका कदमहरुको विरोधमा प्रदर्शन गरिएको ओली निकट एमाले नेताहरुले बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनामा हरिवन लालबन्दी, बरहथवा,मलंगवामा प्रदर्सन गरिएको हरिवन
नगर प्रमुखको स्वकिय सचिव तथा अनेरास्ववियुका जिल्ला नेता युवराज आश्चर्यले जानकारी दिए ।
ओलीको समर्थनमा भएको प्रदर्शनमा किसान संघका केन्द्रीय महासचिव राजकुमार उप्रेती, भूमि सम्वन्धी समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष राजकुमार यादव, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, युवा संघका जिल्ला अध्यक्ष जोनिस पाख्रिन, नेता रमेश चौलागाईँ लगायत सहभागी थिए । यसैगरी प्रधानमन्त्री ओलीको समर्थनमा सदरमुकाम मलंगवामा अनेरास्ववियूका जिल्ला संयोजक समिमबाबु खानको नेतृत्वमा र ओली निकट जिल्ला कमिटीको आयोजनामा बरहथवामा भएको कार्यक्रममा सो समूहका जिल्ला सचिव केदार खत्रीको नेतृत्वमा मोटरसाइकल रियाली निकालिएको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय