राजिव शाह
सर्लाही,असार-२१
चक्रघाटा गाउँपालिकाको सदरमुकाम केन्द्रित हुँदा ७ वटै वडाको विकास निर्माण प्रभावित हुनुको साथै आन्तरिक कलहले समेत सतह पार गरेको छ ।चक्रघट्टा गाउँ पालिकाको अवस्था गत बर्ष भन्दा पनि दयनीय बन्दै गएको छ | गत बर्षको तुलनामा यस बर्ष बढी विवाद हुँदै गएको स्थानियहरुले बताएका छन् । गतबर्ष भन्दा कर्मचारीमा पनि त्यति उत्साह पनि न्युन देखिनुका साथै कार्यापालिकाले नियमित बैठक कहिले पनि नबसेको गाउँपालिकाका एक कर्मचारीले बताए । गाउँपालिकाको हरेक गतिबिधि एउटा प्रमुख प्रशासकीय अधिकृतको हुने गर्छ, तर पालिका प्रशासकीय अधिकृत, लेखा शाखा र सूचना शाखा सदरमुकाम मलंगवा बाटै संचालन हुने गरेको चक्रघाटा गाउँपालिका स्थानियहरुले गुनासो गरेका छन् । गत बर्ष गाउँपालिका संचालनमा जनप्रतिनिधि र कार्यालय कर्मचारी बिच तालमेल केही राम्रो देखिए पनि यस बर्ष भने त्यस्तो नदेखिएको स्थानीय जनप्रतिनिधिहरु बताउँछ । एकजना यहाँसम्म दुखेसो पोख्दै भन्नु भयो ,यस बर्ष हामीले गर्न चाहेका अधिकतम् शसर्त बजेट पनि उपयुख कमिसन नाउने छाटखाट भएपछि बरु फिर्ता होस् भनेर संचालनमा ल्याउन नचाहेको आरोप लगाए | चक्रघाटा गाउँपालिकाको आन्तरिक कलहले ७ वटै वडामा विकास निर्माण ठुलो असर पुगेको देखिन्छ ।



