राजिव शाह
सर्लाही,असार २१
सर्लाहीको ईश्वरपुर न.पा.१३ स्थित बाँके खोलामा आइतबार खोला पार गर्ने क्रममा डुबेर एकको मृत्यु भएको छ।
ईश्वरपुरनगरपालिका – १३ बस्ने बर्ष ४० रामचन्द्र महतो र निजको श्रीमती बर्ष ४० की रहन्ति देवि महतो जिल्ला महोतरी कान्ति बजारबाट चटपटे बेचि संग घर फर्किने क्रमम खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। महतोलाई खोलाले उक्त खोला पार गर्दा रामचन्द्र महतोलाई खोलाको पानीले बगाएको र उनका श्रीमति खोलाको बिचमा अड्किइएको भन्ने स्थानियले प्रहरीलाई खबर गराउन साथ प्रहरी टोली खटि स्थानिय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। रामचन्द्र महतोलाई भने करीब ५०० मिटर दक्षिण सोही खोलाबाट उद्धार गरी बाहिर निकाल्दा मृत अवस्था भेटिएको प्रहरीले जानकारी दिए। स-कुशल उद्दार गरिएका महिलाको अवस्था समान्य रहेको छ ।



