जनकपुरधाम | १८ असार : सेभ द चिल्ड्रेनद्वारा प्रदेश २ सरकारलाई कोभिड – १९ को संक्रमण न्युनिकरण तथा उपचार गर्न सघाउने उद्देश्यले रु ७३,५८,००० बराबरको अत्यावश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको छ ।
उक्त सामग्रीहरू प्रदेश २ का माननीय मुख्य मन्त्री श्री एम. डी. लालबाबु राउत मार्फत प्रदेश २ स्थित प्रादेशिक आपुर्ती व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा, माननीय मुख्य मन्त्रीका साथै सामाजिक विकास मन्त्री माननीय श्री नवल किशोर शाह, समाज विकास मन्त्रालयका सचिव श्री ईम नारायण श्रेष्ठ, प्रादेशिक आपुर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक श्री विजय झा, स्वास्थ्य महाशाखा प्रमुख डा. मुक्ती साह तथा मुख्य न्यायधिवक्ता श्री दिपेन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।
हस्तान्तरण गरिएका सामग्रीहरूमा आइ भि स्ट्याण्ड सहितका आइ.सि.यू. बेड, भाईरल ट्रान्स्पोर्ट मिडियम, सीप्याप, बिप्याप, अक्सिजन कन्सनट्रेटर लगायत कोभिड –१९ उपचारका लागी अन्य विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरू पर्दछन् ।

हस्तान्तरण कार्यक्रममा बोल्नुहँुदै सामाजिक विकास मन्त्री माननीय श्री नवल किशोर शाहले भन्नुभयो, “हामीलाई आज पनि त्यो समयको स्मरण छ जब मास्कहरू समेत नहुँदा सेभ द चिल्डे«नबाट हामीलाई धेरै सहयोग प्राप्त भएको थियो । यस कोभिड १९ माहामारीको तेश्रो लहर आउने सम्भावना हुँदै गर्दा, प्रदेश २ सरकारलाई सेभ द चिल्डे«नले गरेको स्वास्थ्य सामग्री सहयोगका लागि हामी हृदयदेखि धन्यवाद दिंदै आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा गर्दछौँ ।”
“प्रदेश २ लगायत नेपालका स्वास्थ्य संस्थाहरूमा जीवन बचाउका सामग्रीहरु सहज रुपमा उपलब्ध गराउँदै, स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरणमा सहयोग गरी अत्यन्तै खाँचोमा रहेका जनसमुदायलाई सेवा दिलाउन सेभ द चिल्ड्रेन सदैव क्रियाशिल रहेको छ । कोभिड – १९ महामारीको शुरुवति अवस्थाबाट नै हामी संघिय, प्रादेशिक तथा स्थानीय सरकारसँग हातेमालो गर्दै कोभिड –१९ विरुद्घको यस लडाईँमा आफ्ना नियमित तथा ग्लोबल फण्डको परियोजनाहरू मार्फत सहयोग गर्दै आईरहेका छौं,” सेभ द चिल्ड्रेन पूर्वान्चल फिल्ड कार्यालयका सह निर्देशक, डा. अजय कान्तले बताउनुभयो ।
सेभ द चिल्ड्रेनले कोभिड – १९ को दोश्रो लहर शुरु भए सँगै प्रदेश २, बाग्मति प्रदेश, लुम्बीनी प्रदेश र कर्णाली प्रदेशका स्थानीय सरकार तथा अस्पतालहरूलाई आवश्यक स्वास्थ्य सामग्रीहरू सहयोग गर्दै आईरहेको छ । सेभ द चिल्डे«नका राष्ट्रिय निर्देशक जेनिफर साइदले भन्नुभयो, “अहिलेको आवश्यकता भनेको जीवन बचाउका उपायहरू र संक्रमण रोकथामका साथै अस्पतालमा हुनुभएका विरामीहरूको उचित उपचारका लागि आवश्यक सामग्री व्यवस्थापन हो । तर हामीले कोभिड – १९ को दिर्घकालिन प्रभावका बारेमा पनि सोच्नु जरुरी छ । विशेष गरी बालबालिकालाई पर्न जाने मानसिक असर र उनिहरूको शिक्षामा पर्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै सेभ द चिल्डे«न आउंदा दिनहरूमा स्थानीय, प्रादेशिक तथा संघिय सरकारलाई सहयोग जारी राख्न प्रतिवद्ध छ ।



