राजिव शाह
सर्लाही,असार २०
सर्लाहीस्थित रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको ७० वर्षको उमेरमा निधन भएको छ ।
गापा अध्यक्ष बर्माको काठमाडौको मेडिसिटी हस्पिटलमा शनिबार राति १२ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
रामनगर वडा नं. १ का स्थायी बासिन्दा गापा अध्यक्ष बर्मा लामोसमयदेखि क्षयरोग (टीवी) ले पीडित थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि गएको १४ गते मेडिसिटीमा भर्ना गरिएको गापा अध्यक्ष बर्माको शनिबार राति उपचारको क्रममा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवले टुडेपाटीलाई जानकारी दिइन् ।उनको शवलाई आज घर ल्याइ हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने जनाएको छ । बर्मा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदबार बाबुलाल रायलाई पराजित गरी नेपाली काँग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।



