सर्लाही,असार१६
सक्रिय सहयोगी समाज सर्लाही द्वारा सर्लाही स्थिति गोडैता नगरपालिका- ६ बगदहमा कोभिड १९ प्रभावित १५ जना दलित,अति बिपन्न परिवारलाई राहत वितरण गरेको छ । सर्लाहीका विभिन्न ठाउँबाट मलेसिया काम गर्न गएक ३४ जना युवाहरूको समुहमा पैसा संकलन गरि स्थानीय सञ्चार माध्यमको समन्वयमा राहत वितरणका कार्य गर्दै आएका छन् । सक्रिय सहयोगी समाज सर्लाही तथा रेडियो मलङ्वाको समन्वयमा उक्त खाद्यान्न सामाग्री वितरण गरिएको हो । गोडैता नगरपालिका ६ बगदहका युवा समाजसेवी मजदुर राम नरेश पटेल अनुरोधमा गोडैता नगरपालिका ६ बगदहका अति बिपन्न असकत, अपाङ्ग ,एकल महिलालाई राहत सामाग्री स्वरुप २५ केजी चामल, नुन २ केजी , दाल २ केजी खाने तेल १ केजी वितरण गरिएको रेडियो मलंगवाका स्टेसन मैनेजर अरोज यादबले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा रेडियो मलंगवाका सम्बादाता रामनारायण साह,स्थानीय रन्धिर यादब, राम नरेश पटेल,रामबाबु महतो, लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।



