अपागंता समावेशी शौचालय निमार्ण कार्य सम्पन्न, पर्सा गाउँपालिकालाई हस्तान्तरण गरियो

राजिव शाह-
सर्लाही,असार१६
सर्लाहीमा समावेशी शौचालय तथा खानेपानी सुविधा सुधार निमार्ण योजना हस्तान्तरण कार्यक्रम बुधबार समपन्न भएको छ ।
डिफाईड अष्टेलीया, वाटर फर ओमेन, र एस एन भि नेपालको आर्थिक सहयोग, ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजिकरण तथा पर्सा गाउँपालिकाको सहकार्यमा संचालित कोभिड-१९ नविन्तम प्रयास कार्यक्रम अन्तर्गत समावेशी शौचालय निमार्ण कार्यमा किरण निमार्ण सेवाको सहकार्यमा पर्सा गाउँ पालिको वडा नं. ५ पर्सा स्वास्थ्य चौकी र २ स्थित संग्रामपुर स्वास्थ्य चौकीमा अपागंता समावेशी शौचालय निमार्ण कार्य सम्पन्न पश्चात गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। । समावेशी शौचालय तथा खानेपानी सुविधा सुधार निमार्ण योजनाले सेवा लिन आउने सेवा ग्राहीलाई समावेशी शौचालय तथा खानेपानिमा सहज पहुँच पुगोस भन्ने उद्देश्यले समावेशी शौचालय निमार्ण गरीएको हो । उक्त हस्तान्तरण कार्यक्रमको गाउँ पालिका उपाध्यक्ष इन्द्रकला देवी साहको अध्यक्षता एवं एस.एन.भि. नेपालको पि.एल. रतन बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि वडा अध्यक्ष नागेन्द्र यादव, अथितिहरुमा ग्रामीण नारी उत्थान संघ हरिपुररका उपाध्यक्ष विष्णु चालिसे, नेपाल अपागं संघका अध्यक्ष विरेन्द्र यादव तथा एस.एन.भि नेपालको जिल्ला संयोजक अम्बिका यादव लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि एस.एन.भी नेपालका पि. एल रत्न बहादुर बुढाथोकीले योजनाको उदेश्य बारे प्रस्ट पार्नु भयो । यसैगरी गारी कार्यक्रममा वडा अध्यक्ष नागेन्द्र यादव, नेपाल अपाङ्ग महासंघ जिल्ला अध्यक्ष बिरेन्द्र राय, गाउँपालिका उपाध्यक्ष इन्द्राकला देबी साहले समावेशी शौचालय तथा खानेपानी सुविधा सुधार निमार्ण कार्य राम्रो भए पनि स्वास्थ्य चौकी कर्मचारी र स्थानीयहरुले साझा सम्पति बुझेर व्यबस्थापन देखि नियमित सरसफाई गर्नु पर्नेमा जोड दिए । पर्सा र संग्रामपुर उक्त २ स्थानमा निमार्ण कार्याको कुल लागत रु ४१ लाख ५९ हजार ४सय ११ रुपैया ६५ पैसा (भ्याट सहित) को रकममा योजना निर्माण कार्य सम्पन्न भएको एस.एन भी  इन्जिनियर  शाेभा केसीले जानकारी दिनुभयो । साथै निमार्ण सेवाबाट अटोकिल्प १ थान, फिल्टर १ थान, सेन्सरयू क्त डिस्पेन्सर १ थान, डस्वीन ७ थान, निडिलकटर १ थान, डस्विन स्टेन १ थानको दरले दुबै स्वास्थ्य संस्थालाई हस्तान्तर गरिएको छ । उक्त कार्यक्रम समापन समाहरोमा गा.पाको तर्फबाट एस.एन.भि. नेपाल, ग्रामीण नारी उत्थान संघ तथा किरण निमार्ण सेवालाई कदर पत्र सहित सम्मन गरेको एस.एन.भी जिल्ला संयोजक अम्बिका यादवले जानकारी गराउनुभयो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय