प्रहरी निरीक्षक कृष्ण गिरीको जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन दान

राजिव शाह-

सर्लाही ,असार १५
जन्मदिनको अवसरमा सर्लाही स्थित हरिवनमा रहेको मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीको जन्मदिनको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो । भर्खरका कलिलो उमेरमा एक निडर, बौद्दिक, कर्मठ, स्पस्ट वक्ता, नेपाल प्रहरीको उज्ज्वल नक्षत्र, सालिन भद्र स्वभाबका धनि व्यक्तित्व नेपाल प्रहरी संगठनले गर्व गर्न लायक एक प्रहरी अधिकृत प्रहरी निरिक्षक कृष्ण गिरीको कार्य सम्पादन देखी जुनियर कर्मचारी मात्र नभई सिनियरहरु समेत उनको कार्य सम्पादन प्रति प्रसंसाभाव प्रकट गर्ने गर्छन् । नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका ४ हल्देकालिकामा मिति २०५० साल आषाढ १५ गते पिता इवराज गिरी र माता यमकुमारी गिरीको गर्भबाट जन्म लिनुभएका प्रहरी निरीक्षक कृष्ण गिरी हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत हुनुहुन्छ । विभिन्न कार्यालयमा कार्यरत रहंदा जस्तै सर्लाही जिल्लामा सेवाग्राहीहरुले उहाँको कार्य सम्पादन प्रति खुलेर गर्ने प्रसंसा एवं सम्पादित कार्यको उच्च मुल्याङ्कन गर्दै संघिय प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीले समेत छोटो समयमा पुरस्कृत गरिसकेको छ ।
निपूर्ण कार्यसम्पादनका धनि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक राठौरको कार्य शैलिबाट समेत प्रभावित गिरी सामाजिक उत्तरदायित्वको भावले समेत प्रेरित देखिन्छन् । उनको व्यवसायिक जीवनसंगै सामाजिक जिवन, सामाजिक सद्भाव, सोंच एवं दायित्व बहन उत्प्रेरणादायी रहेको मानवसेवा आश्रम सर्लाहीका प्रमुख मनिषा केसी बताउनुहुन्छ । मंगलबार उहाँले जन्म दिनको अवसर पारेर वृक्षारोपण गर्नुका साथै मानव सेवा आश्रममा रहेका असहायहरुलाई प्रेम भाव पूर्ण भोजन गराउनु भएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय