सर्लाही असाढ १४ | इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीको सेवा प्रबाह राम्रो भएको देखिएको छ । पुर्व पश्चिम् राजमार्ग अन्तर्गत सर्लाही स्थित नवलपुरमा रहेको इलाका प्रहरी कार्यालयमा प्रहरीको काम कार्वाहीले स्थानीयहरु सन्तुष्ट छन् ।
सर्लाही जिल्लामा सिमानाकाको स्थानमा चोरी तस्करी भए पनि नवलपुरमा शान्ति सुरक्षा राम्रो भएको स्थानिय दोरीक यादवले बताए ।
३ महिना अघि इलाका प्रहरी कार्यालय नवलपुरको प्रमुख जिम्मेवारी लिएर आउन भएका प्रहरी नायब निरीक्षक श्रीदेब यादव अनुसार , पहिला यस इलाकामा परिवारिक तथा समाजिक झै झगडा घटना धेरै हुने गर्थे ,तर अहिले प्रहरी युनिटको सहयोगले यस क्षेत्रमा चोरी,लुटपाट, दुर्घटनाको घट्नामा कमी आएको प्रहरी नायब निरीक्षक यादबले बताए ।



