महोतरीको गौशालामा हात्तिको आतंक ७ घर परिवार बिचल्ली

ममता शर्मा
असार १३ ,गौशाला
महोत्तरीको गौशाला नगरपालिका वडा न.१० बरेरवास्थित एउटा जंगली हात्तीले आतंक मच्चाएको छ । शनिवार राति १० बजेतिर हात्तीले गाउ समाजको घर ,पसलहरु तोडफोड गरेपछि स्थानीय त्रसित भएका छन् । राति १० बजे देखि बिहानको चार बजे सम्म हात्तीले गाउमा प्रवेश गरेर बिभिन्न घर ,पसल तोडफोड गरि पसलको सामाग्रीहरु खाएको छ । रात भरि हात्तिको आतंक र डरले सुत्न नसकेको एक स्थानीय पिडित महिलाले बताएकी छिन । मगर ,क्षेत्री ,बाहुन कामि लगायत आदि जातजाति वसोवास गर्ने २४ घरपरिवार भएको उक्त गाउमा स्थानीय सरोज कुमार बस्नेत ,तिल कुमारी घिमिरे ,रेशम बहादुर खड्का ,धन बहादुर खड्का ,केशर बहौर सिंधाली ,मंगल बहादुर ,मान बहादुर विश्वकर्माको घर हात्तीले भत्काएको हो । घरको पुरै नभएर केहि भागहरु मात्र भित्ताहरु हात्तीले तोडफोड गरेको हो ।
हात्तीले घर तथा पसल भत्काएपछी गौशाला नगपालिकाको उपप्रमुख आशा लामा ,नेकपा माओवादी केन्द्र गौशाला नगरका सम्योजक विष्णु लामा अनुगमन गएका थिए ।
स्थानीय वासीले आफ्नो घर भत्काएर हात्तीले दुख दिएपछी स्थानीय सरकारसँग सोको क्षतिपूर्तिको माग गरेका छन् । र हात्तीलाई मात्रलाइ अन्य जीवजन्तुबाट बचनको लागि पहलको पनि अनुरोध गरेका छन् । त्यस्तै उक्त गाउमा बादरले पनि बालीनाली खाइदिने गरेको र सताउने गरेको स्थानीय मान बहादुरले गुनासो गरेका छन् । यस समस्याको पनि समाधानको लागि स्थानीयवासीले माग गरेका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय