सर्लाही,असार १३
प्रदेश २ मा बेटि बचाउ बेटि पढाउ अभियान अन्तर्गत सर्लाहीमा आधारभूत बिद्यालयमा साईकल वितरण गरेको छ। सर्लाही हरिओन नगरपालिका वडा न १ पटौना अधारभुत विद्यालयमा कक्षा आठमा अध्यनरत क्षत्राहरुलाई एक कार्यक्रम बिच २३ जना छात्राहरु साईकल वितरण गरिएको हो ।
हरिवन नगरपालिका १ प.का वडा अध्यक्ष राम बहादुर क्यापछाको अध्यक्षता तथा जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी किसान महासंघको केन्द्रिय उपाध्यक्ष विनोद यादवको प्रमुख आतिथ्यातामा कर्यक्रम समपन्न भएको छ ।
हरिओन स्थित ६ वटा माबि र २ वटा अधारभुत बिधालयमा साईकल वितरण गर्ने कार्यक्रम रहेको जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी किसान महासंघको केन्द्रिय उपाध्यक्ष विनोद यादवले जानकारी दिनुभयो ।



