चन्द्राले ल्याइन् तीज गीत ‘तम्रा मायाले’

तीज आउन करिव दुई महिना बाँकी रहेको छ । तर बजारमा तीजका गीत भित्रिन थालेका छन् । यस्तैमा गायिका चन्द्रा आचार्यले विशुद्ध नेपाली संस्कृति झल्किएको तीज गीत ‘तम्रा माया’ले ल्याएकी छन् ।खप्तडदेखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक विषय समेटिएको पश्चिमी लोक शैलीको यो गीतमा लक्ष्मी प्रसाद गौतमको शब्द र गौरव दर्पणको संगीत र सुरथ प्रधानको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम, एन्जेल कार्कीले अभिनय रहेको छ । जसको निर्देशन रमेश थापाले गरेका हुन् ।भिडियोमा एउटी युवतीले बाल्यकालदेखि नै आपूmले मनपराएको केटालाई नै श्रीमान्को रुपमा कल्पना गरि विवाह र तत्पश्चात विभिन्न ठाउँमा घुम्न गएको देखाइएको छ । नहकुल खड्काले सम्पादनमा गरेको भिडियोको कोरियोग्राफी सुरेश पाण्डेले गरेका हुन् । भिडियामा शिव ढकालको छायाँकन छ ।

स्रोत-रातो पाटी

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय