महोत्तरीमा जंगली हात्तीको आतंक, ७ वटा घर भत्कायो

जंगली हात्तीले महोत्तरीमा ७ वटा घर भत्काएको छ ।

गौशाला नगरपालिका १० महरहा खोला छेउको बडर्वा टोलमा गए राति जंगली हात्तीले स्थानीय केशव बहादु सिजाली, मानबहादुर विश्वकर्मा, मंगल बहादुर विश्वकर्मा, धन बहादुर खड्का, बिना माया बस्नेत, प्रदीप खड्का र रेशम बहादुर खड्काको घर भत्काएको हो ।

यधपि स्थानीयले भागेर ज्यान जोगाउँदा मानवीय क्षति भने हुनबाट जोगिएको स्थानीय देवलाल महतोले टुडेपाटीलाई बताए ।

राति १० बजे बस्ती पसेको हात्तीलाई राति न‌ै स्थानीयहरुले भगाएका छन् ।जंगलि हात्तीको अातंकले स्थानीयहरु त्रसित भएका छन् ।

स्रोत-टुडेपाटी

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय