माइक्रोबसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्यु

सुनसरीको कोशी गाउँपालिका- ८ मा तीन वटा सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएकाछन्आइतबार बिहान पूर्वपश्चिम राजमार्गको कोशी गाउँपालिका-८ खण्डमा माइक्रो बस (हाइस)ले मोटरसाइकल र पिकअप भ्यानलाईठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७२२४ नम्बरको हाइसले पूर्वतर्फ आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । लगतै सोही दिशाबाट आउँदै गरेको को१च ९३६८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए ।उनका अनुसार तीव्र गतिको हाइसको ठक्करबाट मोटसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका – ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअपका चालक विराटनगर- ७ का करीब ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो ।हाइस चालक नुवाकोट विदुरनगरपालिका- १३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका- ११ का २५ वर्षीय नारायण बस्याल पनि सामान्य घाइते छन् । पानी परिरहेको समयमा तीव्र गतिमा हुइकिएका कारण दुर्घटना भएको उनले बताए ।

स्रोत -अनलाईन खबर

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय