राम नारायण साह
सर्लाही , असार १२ गते ।
सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरका वडाध्यक्षको जेसीभी परियोग हत्या भएको छ। वडा नं. ३ स्थित मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति जेसिभीको बकेटले प्रहार गरी हत्या भएको हो ।वडा नं. ३ स्थित मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पुष्टि गरे ।
साँझमा नजिकैको पसलमा खाजा खानेक्रममा जेसिभीका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच बिबाद भएको थियो। शुक्रबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न बाँध स्थलमा गएका थिए ।
‘बिवादका क्रममा आक्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेर त्यसपछि माटोले पुरेको देखिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले ।
घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका-३, कै ३५ वर्षीय पे्रमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका-१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।
दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिवार बिहान ५ः४० बजेतिर लालबन्दीबाट पक्राउ गरिएको एसपी राठौरले बताए । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।
मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । घटना लगत्तै एसपी राठौरको नेतृत्वमा प्रहरी परिचालन भएको थियो ।



