सर्लाही ,असाढ ११ सर्लाहीको ब्रह्मपुरीबाट हतियार सहित दुई भारतिय पक्राउ परेका छन । बिहिवार बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले मेड ईन इटाली लेखेको 511765 मोडलको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने दुई थान म्याग्जिन सहित दुईजना भारतिय युवकलाई पक्राउ गरेको छ । ब्रह्मपुरी गाउँपालिका वडा न-४ त्रिभुवननगर स्थित शेख टोल बोर्डर एरिया हुँदै नेपाल तर्फ आउँदै गरेको दुईजना सवार BR30 N 2034 नम्बरको मोटरसाइकललाई शंका लागेर घेरा हाली रोकेर चेकजाँच गर्दा उनीहरूले बोकेको कालो रंगको झोलाबाट उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा भारत विहार राज्य अन्तर्गत सितामढी जिल्ला भलुवाहा ग्राम पञ्चाय वडा न-११ बस्ने वर्ष ४५ को संजय कुमार भारती र पुरन्दाहा रजवाडा पश्चिमी ग्राम पञ्चाय वडा न-५ लक्ष्मीपुर बस्ने वर्ष ४० को उमाशंकर महतो रहेका छन् ।उनीहरूको साथबाट १२ हजार ३ सय ८० भारतीय रुपैया र दुई थान मोबाइल फोन समेत बरामद भएको छ। पक्राउ परेका दुवैजना भारतीयहरुलाई हातहतियार ओसारपसार सम्बन्धी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाईएको शसस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीले जानकारी दिएको छ।
सर्लाहीको ब्रह्मपुरीबाट हतियार सहित दुई भारतिय पक्राउ
ताजा समाचार
लोकप्रिय
© 2026 Pradesh Diary | All Right Reserved | Privacy Policy
Designed by: ProTech



