
असार ११
पर्सामा श्रीमान् घरमा नभएको मौकाछोपी एकजना महिलालाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारी छन् ।अन्सारी गत सोमबार राति १२ बजेको समयमा सोही स्थानकी २० वर्षीया यु
वतीकाे सुत्ने काेठामा झ्यालबाट प्रवेश गरेकाे आराेप लागेकाे छ ।युवतीका श्रीमान् कामको सिलसिलामा घरबाहिर रहेका बेला सुत्ने कोठाको झ्यालबाट प्रवेश गरी जबरजस्तीकरणी गर्न खोजेकाे भन्दै प्रहरीमा जाहेरी परेकाे थियाे ।पीडित महिलाले जाहेरी दिएपछि अन्सारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।उनीविरुद्ध जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान प्रकृया अगाडि बढाइएको उनले बताए ।
स्रोत -टुडे पाटी



