धनुषामा छोराले गरे बुबाको हत्या

असार ११
धनुषामा अंश विवादमा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । धनुषाको धनुषाधाम नगरपालिका–१ काशिपुर बस्ने ७० वर्षीय विशो यादवको हत्या भएको हो ।घरायसी विवादमा उनको कान्छो छोरा ३५ वर्षीय श्रीकृष्ण यादवले बुबाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले टुडेपाटीलाई जानकारी दिए ।उनका अनुसार राति सुतेका बुबा विशोलाई कृष्णले मसला कुट्ने खलले प्रहार गरि हत्या गरेका हुन् । बिहान हत्या भएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।इलाका प्रहरी कार्यालय धनुषाधामले घटनास्थलको मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।घटनामा संलग्न छोरा कृष्णालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।बुबा विशो राति ११ बजे खाना खाएर सुतेका थिए । कान्छो छोरा कृष्णसंग विवाद हुने गरेको थियो ।विशोका तीन छोरा छन् ।

स्रोत-टुडे पाटी

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय