त्रिवि स्नातक तहको परीक्षा साउन १० गतेदेखि हुने

रागिनी पंडित

त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० गते देखि सुरु हुने भएको छ । भौतिक उपस्थितिमा ​तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने त्रिविले सूचना प्रकाशन गरी जानकारी गराएको हो ।

तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार साउन २८ गते परीक्षा सकिने छ। त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ। त्रिविले चार वर्षे शिक्षा संकायको पनि परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा साउन १० गतेदेखि सुरु भई २५ गते सकिने छ।चार वर्षे तथा तीन वर्षेको बिबिएसको परीक्षा साउन ११ गतेदेखि सञ्चालन हुने त्रिविले जनाएको छ ।

 

स्रोत -टुडे पाटी

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय