सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, मा आज एक बेवारिसे पुरुषको शव फेला परेको छ।
तराई मुलको जस्तो देखिने अन्दाजी ५०/५५ वर्षका पुरुषको शव फेला परेको हो। चन्द्रनगरस्थित अन्यत्र सरिसकेको पुरानो प्रहरी चौकीको पोष्टभित्र पहिचान खुल्न नसकेको पुरुष मृत भेटिएका इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।
स्थानीयवासीका अनुसार ती पुरुष १५/२० दिनदेखि नाढिमन ताल आसपास गाउँमा मागेर खाँदै हिँड्ने गरेका बुझिएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाई पहिचान खुलाउने प्रयास भइरहेको केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।



