अब त संविधान र लोकतन्त्र ट्र्याकमा ल्याऊॅः बाबुराम भट्टराई

काठमाडाैं : जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।

अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा नेपालका नेताहरु भने अनावश्यक कार्यमा लागिरहेको भन्दै उनले ट्वीटरमा भनेका छन्, ‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड(१९ खोप जुटाउन व्यस्त छन्,हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चने भयौं।अब त चेतौं–छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान–लोकतन्त्र ट्र्याकमा ल्याऊॅ! अदालत/दल/नागरिकले आआफ्नो धर्म निभाऊँ ।’

लेखकको बारेमा

ProTech

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय