मन्त्री अरगरियालाई गृह जिल्ला धनुषामा स्वागत

जनकपुरधामm असााढ २ गते
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई स्वागत गरेको छ । मन्त्री भएपछि गृह जिल्ला धनुषा आज आएको हो । गृहजिल्ला जिल्ला आएपछि पार्टीका कार्यकर्ता, र युवाहरुले मन्त्री अरगरियालाई स्वागत गरेका छन् ।
जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय गरेर कार्यभार सम्हालेका मन्त्री अरगरिया स्वास्थ्य सामग्रीसहित गृहजिल्ला पुगेका हुन्। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णयबाट यस क्षेत्रका जनता खुसी भएका उनका सहयोगीहरु बताउँछन्।
मन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने उपकरणहरु प्रदान गर्दैछन् । भोलि बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

लेखकको बारेमा

ProTech

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय