दलित विद्यार्थीको शिक्षामा सहयोगी बने युवा नेता बिनोद यादव

सर्लाही । सर्लाहीको हरीपूर्वा नगरपालिका अन्तर्गत रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालय मा कक्षा ११ मा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले समाजसेवी तथा युवा नेता बिनोद यादव ले एक वर्षको सम्पूर्ण मासिक शुल्क व्यक्तिगत रुपमा व्यहोर्ने घोषणा गरेका छन्।

आर्थिक अभावका कारण धेरै विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुने अवस्था देखिएपछि यादवले दलित विद्यार्थी भाइबहिनीहरुलाई निरन्तर अध्ययनमा प्रेरित गर्ने उद्देश्यले उक्त सहयोग गरेका हुन्। उनले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएकाले आर्थिक कमजोरीकै कारण कुनै पनि विद्यार्थीले पढाइबाट बञ्चित हुन नपरोस् भन्ने सोचका साथ सहयोग गरेको बताएका छन्।

यादव यसअघि पनि विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। विगतमा हरिवन नगरपालिका स्थित सनसेवा माध्यमिक विद्यालय लाई स्तरोन्नतिका लागि आयोजित एक कार्यक्रममार्फत कक्षा ११ सञ्चालन गर्न ५१ हजार १ सय ३१ रुपैयाँ सहयोग प्रदान गरेका थिए।

उनको निरन्तरको शैक्षिक सहयोगलाई स्थानीयवासीले प्रेरणादायी कार्यको रुपमा लिएका छन्। विद्यालय प्रशासनले यादवप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विपन्न तथा दलित समुदायका विद्यार्थीहरुको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय