स्वदेशमै निर्माण भएको एफएम अटोमेशन सफ्टवेयरले रेडियो प्रसारणलाई बनायो सजिलो

काठमाडौ । आधुनिक प्रविधिको विकाससँगै एफएम रेडियो सञ्चालनलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन एफएम अटोमेशन सफ्टवेयर प्रयोगमा ल्याइएको छ । इन्जिनियर बिवेक रायले निर्माण गरेको उक्त सफ्टवेयर प्रयोगमा आएपछि रेडियोको नियन्त्रण कक्षमा भौतिक रूपमा उपस्थित नभए पनि सम्पूर्ण प्रसारण प्रक्रिया स्वचालित रूपमा सञ्चालन गर्न सकिने भएको रेडियो सञ्चालकहरूले बताएका छन् ।

अटोमेशन प्रणाली प्रयोगमा आएपछि रेडियो आफैँ सुरु हुने, निर्धारण गरिएको समयअनुसार गीत, कार्यक्रम, विज्ञापन तथा समाचार बज्ने र आवश्यक समयमा आफैँ बन्द हुने सुविधा उपलब्ध भएको छ । यसले विशेषगरी कम जनशक्ति भएका एफएम रेडियोहरूका लागि निकै राहत मिलेको बताइएको छ ।

पहिले नियन्त्रण कक्षमा निरन्तर बसेर प्रसारण सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अवस्थामा अहिले सफ्टवेयरको प्रयोगपछि धेरै काम स्वचालित रूपमा हुन थालेको छ । यसका कारण रेडियो सञ्चालक तथा प्राविधिकहरूको कार्यभार कम हुनुका साथै प्रसारण अझ व्यवस्थित, समयमै र गुणस्तरीय रूपमा हुन थालेको सरोकारवालाहरूले बताएका छन् ।

धेरै रेडियो सञ्चालकहरूलाई अटोमेशन प्रणालीबारे पर्याप्त जानकारी नभएका कारण अझै पनि अनावश्यक मेहनत गर्नुपर्ने अवस्था रहेको भन्दै आधुनिक प्रविधिको प्रयोगतर्फ सबै रेडियो संस्थाहरू अघि बढ्न आवश्यक देखिएको छ ।

उक्त एफएम अटोमेशन सफ्टवेयर इन्जिनियर बिवेक रायले निर्माण गरेको बताइएको छ । स्वदेशमै तयार गरिएको यस प्रणालीले रेडियो प्रसारणलाई आधुनिक बनाउनुका साथै कम जनशक्तिमा पनि प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय